काठमाण्डू, ७ फागुन– कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आगामी सभापतिको रुपमा पनि आफैँ तयार रहेको बताएका छन ।
हालसालै पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित थापालाई बिहीबार पार्टीको प्रतिज्ञापत्र सार्वजनिक समारोहमा भावी सभापतिको रुपमा कसलाई देख्न चाहनुहुन्छ भनेर सोधिएको थियो ।
जवाफमा थापाले भने, ‘आज सबै प्रश्नको उत्तर लामो—लामो भयो । यसमा छोटो उत्तर दिउँकि क्या हो – आफैँलाई ।’