एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता कांग्रेस प्रवेश

काठमाण्डु टुडे २०८२ फागुन ७ गते १७:५१ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– एमाले पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धर सहितका चार जना नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

आज (बिहिबार) काठमाण्डूमा आयोजित कांग्रेस सभापति गगन थापासँग प्रतिज्ञापत्र सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रममा उनीहरू कांग्रेस प्रवेश गरेका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

यसैगरी उनीसँगै कांग्रेस प्रवेश गर्नेमा नेकपाका केन्द्रीय सदस्य दीपक केसी, रसुवा एमालेका पूर्वअध्यक्ष जनार्दन ढकाल र काठमाण्डू–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारका आकांक्षी डा. प्रणयशम्शेर राणा रहेका छन् । राणा २०७९ सालमा कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us