हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौंः ओली

काठमाण्डु टुडे २०८२ फागुन ७ गते १४:०९ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– पूर्र्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको पहिलो प्राथमिकता देश नै रहेको बताएका छन । ओलीले भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्थाभन्दा माथि केही नभएको पनि बताएका छन ।

ओलीले भने, ‘यस घडीमा हाम्रो प्राथमिकता एउटै हो, देश पहिला । देशको भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्था यी सबैभन्दा माथि केही छैन ।’ उनले आफूहरू निर्माणको पक्षमा भएको भन्दै उत्तेजनाको पक्षमा नरहेको पनि बताएका छन ।

‘हामी निर्माणको पक्षमा छौं । उत्तेजनाको पक्षमा होइन । हामी स्वाधिनता र सार्वभौमसत्ताका रक्षक हौं । हामी जस्तै आक्रमणका बेलामा पनि मौन बस्दैनौं,’ ओलीले सम्बोधनको क्रममा भने । उनले एमाले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा भएको पनि दाबी गरे ।

‘हामी भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं । त्यसकारण हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं । हाम्रो गन्तव्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली,’ ओलीले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us