काठमाण्डू, ६ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले रास्वपाको नीति गलत नेतृत्वका कारण बिग्रिएको बताएकी छन् ।
नेपाली कांग्रेसले जनकपुरको तिरहुतियामा आयोजना गरेको प्रतिज्ञासभामा शर्माले गलत नेतृत्वका कारण रास्वपाको नारा पनि फेरिएको पनि बताएकी छन । उनले भनिन्, ‘कुनै पार्टीको नीति गलत नेतृत्वका कारण बिग्रिन्छ ।
अहिले रास्वपामा त्यही भएको छ, ‘रास्वपाको नारा बदलिएको छ । रास्वपाको नारा थियो, जान्नेलाई छान्ने, अब पालो युवाको, अब पालो नयाँको भन्ने नारा परिवर्तन भएर दागवालालाई छान्ने, चाङका चाङ मुद्दा लागेका छान्ने भएको छ ।’
उनले विशेष महाधिवेशन गरेर गगन थापा सभापति भएपछि कांग्रेस नयाँ रास्वपा भएको भएको र रास्वपा पुरानो नेपाली कांग्रेस भएको बताइन् ।
शर्माले ८० वर्ष पुरानो पार्टीका सभापतिमाथि आक्रमण भएको, पार्टी कार्यालय जलाइएको बेलामा नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने थापाको आटलाई मान्नुपर्छ भन्दै प्रशंसा गरिन् ।