२० वर्षसम्म नबनेको बाटो डेढ वर्षमै बन्नुपर्‍योः बालेन

काठमाण्डु टुडे २०८२ फागुन ६ गते १६:४४ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै बनाउने आफ्नो एजेन्डा रहेको बताएका छन ।

आज (बुधबार) धनगढीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता शाहले यस्तो बताएका हुन । उनले भने, ‘दुईवर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन ।

डेढ वर्षमा बन्नुपर्‍यो । त्यो हो हाम्रो एजेण्डा, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्‍यो ।’ सुदूरपश्चिममा बाटो बनाउन ‘यो भेगमा मेरो भोट छैन किन बनाउनुपर्‍यो ?’ भन्ने प्रवृत्ति रहेको उनले बताए ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ । सबै नेृपाली जनता हिँड्ने बाटो बनाउँछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us