सिंहदरबार बनाउने मात्रै होइन बदल्ने होः रवि लामिछाने

काठमाण्डु टुडे २०८२ फागुन ६ गते १६:३३ मा प्रकाशित

काठमाण्डू, ६ फागुन–पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबार बनाउने मात्रै नभई बदल्ने योजना लिएर आएको बताएका छन ।

आज (बुधबार) सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले यस्तो बताएका हुन । उनले पुराना दलको पछि नलाग्न आग्रह समेत गरेका छन ।

उनले आफू ससाना समस्या होइन, देशकै समस्या समाधान गर्न आएको बताए । उनले भने, ‘म खुद्रा खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु ।

सिंहदरबार जलायो भनेर भन्दै छन्। सिंहदरबार बनाउने हो। सिंहदरबार बनाउनेभन्दा पनि बदल्ने हो । बदल्ने हो।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us