भोट नदिए हुन्छ, काम दिनुस्ः बालेन

काठमाण्डु टुडे २०८२ फागुन ६ गते १६:१९ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन ।

आज (बुधबार) धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने पनि बताएका छन । वरिष्ठ नेता शाहाले भने, ‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्‍यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ?’

उनले आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने पनि बताएका छन । उनले भने, ‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ, काम दिनुस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us