पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन ६ गते १२:१४ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई हाल काठमाण्डू महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी रमेश थापाले जानकारी दिएका छन । उनले पशुपतिमा एक प्रहरीलाई लात्तीले छातीमा हानेका थिए ।

प्रहरीलाई कुटेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, कुट्ने युवकको पहिचान हुन सकेको थिएन ।

मंगलबार मात्रै प्रहरीले एक सूचना निकाल्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग माग गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us