दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डु टुडे २०८२ फागुन ५ गते १७:०४ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डूले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रसाईं सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । भक्तपुरबाट पक्राउ गरी प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । प्रसाईंले निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us