महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ

काठमाण्डु टुडे २०८२ फागुन ५ गते १४:२३ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले यस बर्ष महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ ।

बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको हो । नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गर्न लागिएको संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिएका छन ।

पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधुसन्त चार हजारभन्दा बढी रहेको पनि उनले जानकारी दिएका छन । महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us