पतिसँगको सम्बन्ध बिग्रिएर जोखाना हेराउन आएकी महिला लिएर तान्त्रिक फरार

काठमाण्डु टुडे २०८२ फागुन २ गते १०:५९ मा प्रकाशित

एजेन्सी– छिमेकी देश भारतमा पतिसँग सम्बन्ध बिग्रिएर जोखाना होराउन आएकी महिलालाई लिइएर एक तान्त्रीक नै फरार भएको घटना सार्वजनिक भएको छ । यो घटना भारतको मध्यम प्रदेश राज्यको इन्दौरमा घटेको हो ।

बाणगंगा थाना क्षेत्र निवासी महिलाको सम्बन्ध पतिसँग राम्रो थिएन् । उनी राकेश जाटव गरेको एक तान्त्रीक सँग आफ्नो समस्या लिएर जोखाना हेराउने उदेश्यले पुगेकी थिइन ।

तान्त्रीककै सल्लाह अनुसार पूजा–पाठका क्रममा दुबैबिच निकट सम्बन्ध स्थापना हुँदै गएको बताइन्छ । घरेलु तनावमा रहेकी ती महिलाले तान्त्रीकसँगको केहि दिनको निकटताकै कारण पतिलाई छाडेर तान्त्रीकसँ बस्ने निधो गरेको पाइएको हो ।

अचानक घरबाट गायब भएपछि महिला पक्षले प्रहरीमा उजुर गरेका थिए । प्रहरी स्रोतका अनुसार तान्त्रीकसँग महिलाको सम्बन्ध रहेको थाहा पाएपछि खोजी गर्दा दुवै फरार भएको तथ्य खुलेको हो ।

खोजीको क्रममा ती महिलाको अन्तिम लोकेसन भने भोपाल सरहमा रहेको पाइएको प्रहरीले जनाएको छ । सोही क्रममा भोपाल पुगेको प्रहरी टोलीले ती महीला र तान्त्रीकलार्ई नियन्त्रणमा समेत लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us