मुख्यमन्त्री जयललिता भ्रष्टाचारी ठहर

काठमाण्डु टुडे २०७१ असोज ११ गते १०:२८ मा प्रकाशित

jaya lalitaएजेन्सी– दक्षिणी भारतीय राज्य तमिलनाडुकी मुख्यमन्त्री जयललिता भ्रष्टाचारी ठहर भएकी छन् ।

उनलाई बंगलौरको एक अदालतले शनिबार भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो । भ्रष्टाचार मुद्दामा सजाय पाउने उनी पहिलो भारतीय मुख्यमन्त्री हुन् । जयललिताले ६६ करोडभन्दा बढी भारतीय रुपैयाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार अनधिकृत सम्पत्तिसम्बन्धी मुद्दामा उनलाई सात वर्षसम्मको काराबास सजाय हुन सक्ने छ । उनीविरुद्ध भारतीय जनता पार्टीका नेता सुब्रमन्यन स्वामीले १८ वर्षअघि मुद्दा दायर गरेका थिए ।

अदालतको फैसलापछि स्वामीले जयललिताले भ्रष्टाचारको मूल्य चुकाउनुपर्ने बताए । ‘जयललिताले बुझ्नुपर्छ, उनले भ्रष्टाचारको मूल्य चुकाउनैपर्छ’, उनले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us