झापा, ९ असोज– झापा, भद्रपुर– ५ का अर्पण शर्मा एक दिमागी प्रतियोगीताबाट विश्व रेकर्ड बनाउने तयारीमा जुटेका छन् । शर्मा एक मिनेटमा ४२ वटा वस्तुलाई स्मरण गरेर
थाहा पाउने कलामा नयाँ विश्व रेकर्ड कायम गर्न सक्रिय छन् ।
दमकमा सोही अभ्यासलाई निरन्तरता दिन दमक उद्योग वाणिज्य संघले भोलि बिहीबार कार्यक्रमको आयोजना गरेको छ । शर्मालाई विश्व रेकर्ड राख्न अभिप्रेरित गर्ने उद्देश्यले सरकारी तथा गैरसरकारी संघसंस्थाको उपस्थितिमा समन्वयकारीको भूमिका निर्वाह गर्न लागेको संघले जनाएको छ ।
शर्माले आइतबार दमकमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । उनले त्यस क्रममा मिलाएर राखिएका ४२ वटा वस्तुलाई १ मिनेट हेरेपछि छरपस्ट पारिएका बस्तुलाई १५ मिनेटमा पुनः पहिलेकै जसरी मिलाएर राखेका थिए ।