काँग्रेस–एमालेको अदुरदर्शिताले राजनीतिक सम्मेलन भाँडियो : वैद्य

काठमाण्डु टुडे २०७१ असोज ५ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, ५ असोज – नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले कांग्रेस र एमालेको राजनीतिक अदुरदर्शिताका कारण सर्वपक्षिय राजनीतिक सम्मेलन भाँडिएको आरोप लगाएका छन् ।

baidhya‘कांग्रेस–एमालेका साथीहरुले सर्वपक्षिय राजनीतिक सम्मेलनलाई विचार गोष्ठी जस्तो बनाउन खोजेकाले हामीहरुले सहभागी भएनौं,’ वैद्यले आइतबार राजधानीमा अयोजित कार्यक्रममा भने ।

वैद्यले कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको लागि भन्दा पनि औपचारिकताको लागि मात्र सर्वपक्षिय राजनीतिक सम्मेलन आयोजना गरेको दाबी गरे । ‘हामीले शान्ति प्रक्रियाका बाँकी काम र संविधानका अन्तरवस्तुमा राष्ट्रिय सहमति गर्न गोलमेच सम्मेलनको माग गरेको थियौं,’ उनले भने, ‘तर एकदिने विचार गोष्ठीमा सीमित गर्न खोजिएकोले हामी सहभागी भएनौं ।’

अध्यक्ष वैद्यले माथिल्लो कर्णालीको पीडीए राष्ट्रहित विरोधी भएको आरोप लगाए । आफ्नो देशलाई अन्धकारमा राखेर नेपालको सम्पदा विदेशीलाई दिन नहुने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us