शौचालय निर्माणको लागि तीन लाख सहयोग

काठमाण्डु टुडे २०७१ असोज ५ गते ७:२२ मा प्रकाशित

डोल्पा, ५ असोज – से–फोक्सुन्डो राष्टिय निकुञ्ज मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिले शौचालय निर्माणको लागि तीन लाख सहयोग गरेको छ ।

डोल्पाको पाहाडा गाविस १ स्थित मष्टा भवानीलाई सो रकम सहयोग गरेको समितिका अध्यक्ष रामप्रसाद महतले बताए ।
उनका अनुसार प्रसिद्ध यस मन्दिरमा महिला र पुरुष गरेर दुई कोठे पक्की शौचालय निर्माणको लागि समुदायको मागगरे अनुसारयस कार्यालय द्धारा रकम बिनियोजन गरेको र यदि शौचालय निर्माणको लागि रकम अपुग भएपनि रकम थप्न सकिने जानकारी दिए ।

उनका अनुसार यस मन्दिरमा दैनिक सँयौको सङख्यामा आउने भक्तजनहरुलाई दिसापिसाब गर्न असजिलो हुने गरेकाले यसको निर्माण पछि भक्तजनहरुलाई सहज हुने र मन्दिर परिसर को वातावरण पनि स्वच्छ हुने अपेक्षा गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us