शिक्षिकाबारे अश्लील पर्चा बाँड्ने प्रिन्सिपल कारबाहीमा

काठमाण्डु टुडे २०७१ असोज ५ गते २:३० मा प्रकाशित

काठमाण्डु, ५ असोज– आफ्नै स्कुलकी शिक्षिकाको इज्जतमाथि खेलवाड गर्ने दुस्साहस गरेका एक प्रिन्सिपल कारबाहीमा परेका छन् ।

सामुदायिक इङलिस स्कुलका तत्कालीन प्रिन्सिपल राजाराम बासुकलाले सिम्रन श्रेष्ठ नामकी शिक्षिकाले प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै महिलाको नाममा अश्लील पर्चा छरेका थिए ।

सिम्रनले प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएकी थिइन् । दोषी ठहरपछि प्रिन्सिपललाई कडा नसिहतसहित ७ हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us