एमाले नेतृ प्रधानलाई फेरि निमोनिया

काठमाण्डु टुडे २०७१ असोज ४ गते १२:५९ मा प्रकाशित

काठमाण्डु, ४ असोज– एमाले नेतृ साहना प्रधानलाई फेरि निमोनिया भएको छ ।
Sahana_Pradhan(2)फोक्सोमा संक्रमण तथा मस्तिष्कघात भएपछि प्रधानलाई गत २३ जेठमा बल्खुस्थित बयोधा अस्पताल भर्ना गरिएको थियो । अहिले पनि उनको बयोधाको  सघन कक्षमा उपचार भइरहेको छ । उपचारमा संलग्न डा. संंगितलाल कसजुले नेत्री प्रधानलाई केही दिनदेखि निमोनियाको समस्या देखिएको बताए ।

कसजुका अनुसार  स्वास्थ्यमा सामान्य सुधार भएर घर पठाउने तयारी भइरहेका बेला  निमोनिया देखिएको हो ।  उनका अनुसार मस्तिष्कघात र फोक्सोमा देखिएको संक्रमणबाट खतरामुक्त भएकाले भेन्टिलेटरबाट निकालिएको छ । पछिल्लो तीन वर्षयता अस्वस्थ ८८ वर्षीया प्रधान नौ महिनादेखि बोल्न नसक्ने अवस्थामा छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us