ईस्लामिक विद्रोहीको अड्डामा हवाई आक्रमण

काठमाण्डु टुडे २०७१ भदौ ३१ गते १२:५९ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ –  विद्रोही समूह ईस्लामिक स्टेट आईएसलाई परास्त गर्न बनाइएको रणनीति अनुसार अमेरिकाले कारबाही सुरु गरेको छ । अमेरिकाले विद्रोही समूह आईएसको अड्डामा हवाई आक्रमण थालेको अन्तर्रािष्ट्रय सञ्चार माध्यमले जनाएका छन् ।

यो हवाई आक्रमण आईएस लडाकु विरुद्ध संघर्ष गरिरहेका सेनाको मद्दतका लागि भएको अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गएको हप्ता आईएस विरुद्ध कारबाहीको रणनीति पेस गरेका थिए ।

रणनीति पेस भएपछि आईएस विरुद्धको यो पहिलो कारबाही अभियान हो । सिरिया र इराकमा सक्रिय विद्रोही संगठन आईएस विरुद्धको कारबाही अभियानमा अमेरिकालाई ३० वटा देशले सहयोग गर्ने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us