१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ भदौ २ गते १६:१४ मा प्रकाशित

काठमाण्डू, २ भदौ– प्रहरीले १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरी रहेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।

गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरि प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us