काठमाण्डू, २ भदौ– बैतडीको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत २४ वर्षीया अनमी भागरथी कुँवर आफ्नै डेरामा मृत भेटिएकी छन ।
विजयपुरमै घर भएकी कुँवर स्वास्थ्य चौकी घरबाट टाढा भएकाले डेरामा बस्दै आएकी थिइन् । आइतबार राति करिब ८ बजेतिर उनी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
मृतक कुँवरको गत वैशाखमा विवाह भएको थियो। उनका श्रीमान् नेपाली सेनाको स्वास्थ्य प्राविधिक सेवामा कार्यरत रहेको बताइएको छ। विजयपुर स्वास्थ्य चौकीका प्रमुख रामबहादुर महराका अनुसार भागरथी जिम्मेवार र सक्रिय स्वास्थ्यकर्मी थिइन् ।