शंकर पोख्रेलको माओवादीलाई सुझावः पूर्वउपराष्ट्रपतिलाई दलसँग नजोड्नुस्

काठमाण्डु टुडे २०८२ भदौ २ गते १३:५७ मा प्रकाशित

काठमाण्डू, २ भदौ– एमाले महासचिव पोखरेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई पूर्वउपराष्ट्रपतिलाई दलसँग नजोड्न सुझाव दिएका छन् । आज (सोमबार) कैलालीमा पत्रकारसँग कुरा गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन ।

उनले माओवादी केन्द्रले पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याएर गल्ती गरेको भन्दै सच्याउन सुझाव दिएका हुन । एमाले महासचिव पोखरेलले भने, ‘माओवादीले गरेको गल्ती हामी गर्दैनौं, बरु सच्चिन आग्रह गर्छौं, ‘राष्ट्रकै अभिभावकीय भूमिकामा रहिसकेका व्यक्तिहरूलाई पुनः प्रत्यक्ष रूपमा दलसंग जोड्ने अभ्यास उचित हुँदैन ।’

उनले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको राजनीतिकमा आउने सम्बन्धमा पार्टीले गरेको निर्णय स‌ंस्थागत भएकोपनि बताएका छन । महासचिव पोखरेलले राष्ट्रपतिजस्तो सर्वोच्च संवैधानिक पदमा पुगेपछि त्यो पदको गरिमा कायम राख्नुपर्ने आवश्यकता उनको भनाइ छ ।

‘राष्ट्रपतिले दल–पार्टीभन्दा माथि उठेर मुलुकको एकता, राष्ट्रियता र समग्र हितलाई प्रतिविम्बित गर्ने भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यसैले पदबाट अवकाश पाएपछि पनि तिनै मूल्य र मर्यादालाई निरन्तरता दिनु जरुरी हुन्छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us