प्रधानमन्त्री ओलीलाई विदेशसचिव मिस्रीले दिए भारत भ्रमणको औपचारिक निम्तो

काठमाण्डु टुडे २०८२ भदौ १ गते १६:०६ मा प्रकाशित

काठमाण्डू, १ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको औपचारिक निम्तो दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र ओलीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘मोदीजीले पठाउनुभएको निमन्त्रणा पत्र विदेश सचिवले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभयो, अब दुबै पक्ष बसेर एजेन्डा र भ्रमणको मोडालिटीलगायतका विषयमा छलफल गर्छौं ।’

निमन्त्रणा पत्र प्राप्त भएपछि भ्रमणबारे छिट्टै निर्णय गरिने स्रोतको भनाइ छ । यद्यपि, परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमण भने सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री ओली भदौ ३१ गते औपचारिक भारत भ्रमणमा जाने गरी दुबै देशले अनौपचारिक तयारी गरिरेहका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us