गुन्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाण्डु टुडे २०८२ भदौ १ गते १४:०५ मा प्रकाशित

काठमाण्डू, १ भदौ– प्रहरीले बजारमा गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । गुन्डा नाईके गोर्खालीलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको विशेष टोलीले पक्राउ गरेको हो ।

बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । यसअघि २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका थिए । पछि उनले टिकट प्रप्त गर्न सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us