नेकपा एमालेमा कुनै गुट छैनः योगेश भट्टराई

काठमाण्डु टुडे २०८२ भदौ १ गते १३:५२ मा प्रकाशित

काठमाण्डू, १ भदौ– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले एमालेमा अहिले कुनै पनि गुट नरहेको तर्क गरेका छन । आज (आइबतार) प्रेस चौतारी ताप्लेजुङले गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिङ्गो एमाले एकताबद्ध रहेको दाबी गरेका छन । भट्टराईले देशको आवश्यकताले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सहितको सरकार बनेकोले आगामी निर्वाचनसम्म यही सरकार रहने पनि बताएका छन । उनले भने, ‘देशमा विषम परिस्थिति सृजना भएकोले गत वर्ष नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएको हो, ‘सरकारले देशको आर्थिक स्थिति,अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाएको छ । कतिपय कानुन संशोधन गरेको छ ।

विकासका कामलाई तीव्रता दिएको छ ।’ भट्टराईले संविधान संशोधनको समयमा स्थानीय तहको सङ्ख्या घटाएर र वडाको सङ्ख्या बढाउनुपर्ने पनि बताएका छन ।

उनले संविधान संशोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगका सङ्ख्या पनि घटाउनुपर्ने पनि बताएका छन । एमाले सचिव भट्टराईले वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेको भन्दै उनले एमालेको नेतृत्वमा सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको पनि बताए ।

सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानीका लागि आह्नवान गरेको छ’ भट्टराईले भने ‘थुप्रै आर्थिक ऐन संशोधन भएका छन् । केही नयाँ बनाइएको छ । विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुनलाई संशोधन गरिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us