युवतीलाई अपहरण गरी सामूहिक बलात्कार आरोपमा २ जना पक्राउ

काठमाण्डु टुडे २०८२ साउन २१ गते १८:०६ मा प्रकाशित

काठमाण्डू, २१ साउन– प्रहरीले पर्साबाट अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कसपका सञ्चालक बहुदरमाई नगरपालिका–२ सिसियारी घर भएका ४० वर्षीय नेक महमद र सोही वर्कसपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी रहेको जिल्ला प्रहरी कार्यलय पर्साले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले पीडितलाई अपहरण गरी गणेश होटल एन्ड लजमा पुर्‍याएर २० वैशाख २०८२ मा बलात्कार गरेको जनाएको छ ।

यसका साथै पर्सा घडिअर्वा पोखरीको गल्लीमा गत २३ वैशाख बिहान छाडेर फरार भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरूविरुद्ध अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद लिएर अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us