सेयर ब्रोकर श्रीवास्तवलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु टुडे २०८२ साउन २१ गते १७:२३ मा प्रकाशित

काठमाण्डू, २१ साउन– जिल्ला अदालत काठमाण्डूले सेयर कारोबारको रकम ठगेको आरोपमा बुधबार पक्राउ परेका सेयर ब्रोकर जयन्त श्रीवास्तवलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

आरोपीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत काठमाण्डूले प्रहरीलाई अनुमति दिएको हो । ११ करोड ठगी गरेको उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।

घटनाबारे जिल्ला प्रहरी परिसर काठमाण्डू अनुसन्धान गरिरहेको छ । उनी सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक समेत हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us