काठमाण्डू, २१ साउन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीलाई प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दाबोल्दै बोल्ने रोकका छन ।
बुधवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दा मोदीले नीतिगत विषयमा प्रवेश गरी सरकारको आलोचना गर्न थालेपछि सभामुखले उनलाई बोल्न बाट रोक लगाएका हुन ।
मुलुकमा तत्काल भएका घटनाहरूबारे बोल्नका लागि भनेर आकस्मिक समयको व्यवस्था गरिए पनि मोदीले हाजिरी जवाफमा अहिलेसम्मको सेटिङ र कान्डैकान्डमा चलेको सरकार कुन हो भनेर सोधियो भने अहिलेको सरकार देखिन्छ भन्दै व्यङ्ग्य गरेका थिए । त्यसपछि सभामुख घिमिरेले यस्ता विषय आकस्मिक समयको नरहेको बताएका हुन् ।
मोदीले कुलिङ पिरियड, मन्त्रीहरूको आर्थिक लेनदेन, भिजिट भिसा, किसानहरूलाई मल खातलगायतका घटनामा सरकार चुकेको मोदीले बताएका थिए ।
त्यसपछि सभामुखले यी विषय नीतिगत विषय भएकाले उनलाई बस्न आग्रह गरे । तर, मोदीले भ्रष्टाचारको विषय भएकाले त्यसका बारेमा आवाज उठाउनु स्वाभाविक रहेको बताउँदै आफ्नो भनाइ टुङ्ग्याएर आसनमा बसे ।