नलकटुवा पेस्तोलसहित सिराहाबाट तीन भारतीय पक्राउ

काठमाण्डु टुडे २०८२ साउन २१ गते १६:०४ मा प्रकाशित

काठमाण्डू, २१ साउन– सिराहाको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ निवासी ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डल रहेको प्रहरीले जानकारी दिएको छ ।

एकै मोटरसाइकलमा सवार रहेका उनीहरुलाई मंगलबार अपराह्न पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय सिराहले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीको नेतृत्वमा खटिएको टोलीले शङ्का लागेर मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइछिपाइ राखिएको नलकटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई मिर्चैया प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us