काठमाण्डू, ९ साउन– कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप हुने भएको छ ।
म्याद थप सम्बन्धी प्रस्ताव आजको प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरिने स्रोतले जानकारी दिएको छ । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
जसमा समितिको म्याद ७ दिनको प्रस्ताजव राख्न लागिएको हो । सभाले स्वीकृत प्रदान गरेको खण्डमा समितिको म्याद थपिनेछ । गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् ।