
काठमाण्डू, २५ असार– वैदेशीक रोजगारीको सिलसिलामा माल्टामा रहेका एक नेपालीको समुद्रमा डुबेर मृत्यु भएको छ । नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर मृत्यु भएको हो ।
स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिएका छन ।
हाल ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका न्यौपाने विगत २० महिनादेखि माल्टामा कार्यरत रहेका थिए । न्यौपानेको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग आवश्यक परेकाले सहयोग सङ्कलन सुरु गरिएको जनाइएको छ ।