अमेरिकालाई आईआरजीसी प्रवक्ताको चेतावनी: तिमीले युद्ध सुरु गर्‍यौ, अन्त्य हामी गर्नेछौँ

काठमाण्डु टुडे २०८२ असार ९ गते १८:१३ मा प्रकाशित

एजेन्सी– इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) का प्रवक्ता इब्राहिम जोल्फगारीले अमेरिकालाई कडा चेतावनी दिएका छन । उनले अमेरिका अब इरानविरुद्धको युद्धमा सिधै संलग्न भएको दाबी गर्दै परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन ।

इरानको ‘पवित्र भूमिुको उल्लंघन गरेको बदला लिइने बताउँदै उनले भिडियो सन्देशमा भनेका छन्, ‘अमेरिकाले अब गम्भीर, दुःखद र अप्रत्याशित परिणाम भोग्नुपर्नेछ । ती परिणाम अपरेसनमार्फत दिइनेछ ।’ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अंग्रेजी भाषामै सम्बोधन गर्दै भनेका छन्, ‘मिस्टर ट्रम्प, तपाईंले युद्ध सुरु गर्नुभयो, अन्त्य हामी गर्नेछौँ ।’

यसैबीच, इरानी सञ्चारमाध्यमहरूले इरानका कमान्डर इन चिफ अमिर हातमीको अर्को भिडियो सार्वजनिक गरेका छन् । हातमीले उक्त भिडियोमा भनेका छन्, ‘विगतमा अमेरिका जब–जब इरानविरुद्ध अपराधमा उत्रियो, उसले कडा जवाफ पाएको छ । यसपटक पनि त्यही हुनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us