
एजेन्सी– इरानको सरकारी टीभीले नागरिकलाई आफ्नै सरकारविरुद्ध उत्रिन आह्वान गरेको क्लिप शत्रुको षड्यन्त्र भनी स्पष्टीकरण दिएको छ । जुन भिडिओ क्लिपमा इरानी सरकारलाई आफ्ना जनताका अपेक्षा पूरा गर्न असफल भएको आरोप लगाउँदै मानिसहरूलाई ‘आफ्नो भविष्यका लागि कदम चाल्न’ आग्रह गरिएको छ ।
यसको खण्डन गर्दै इरानको सरकारी टीभीले भनेको छ, ‘यदि तपाईंले टीभी हेर्दा असान्दर्भिक सन्देश देख्नुभयो भने त्यो शत्रुले उपग्रह सिग्नल जाम गरेका कारणले हो ।’
हालसम्म त्यो भिडिओको स्रोत र ह्याकबारे थाहा हुन नसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । भिडिओ क्लिपको माथिल्लो दायाँ कुनामा सिंहको प्रतीक देखिन्छ, जसमा जुन १३ मा इरान विरुद्ध इजरायलको ‘अपरेसन राइजिङ लायन’ आक्रमणमा मारिएका वरिष्ठ इरानी कमान्डरहरूको तस्बिर पनि देखाइएको छ ।
भिडिओमा इरानमा २०२२ मा प्रहरीको हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनका दृश्य पनि छन् ।