
एजेन्सी– छिमेकी देश चीनले आफ्ना नागरिकहरुलाई इजरायल छाड्न आग्रह गरेको छ । इरान र इजरायलबीच लडाइँ थप चर्किने सम्भावना भएको भन्दै चीनले जोर्डनको बाटो हुँदै फर्किन आफ्ना नागरिकलाई आग्रह गरेको हो ।
चिनियाँ दूतावासले हवाई क्षेत्र बन्द भएकाले स्थलमार्ग प्रयोग गर्न समेत भनेको छ । जोर्डन र इजिप्टसँग जोडिएको इजरायली सिमाना खुल्ला रहेको चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
त्यसैले चिनियाँ दूतावासले जोर्डनको बाटो प्रयोग गरेर फर्किन आफ्ना नागरिकलाई भनेको बीबीसीले जनाएको छ ।