
काठमाण्डू, २ असार– इजरायलले इरानी सर्वोच्च नेता आयातोल्लाह अल खामेनीको हत्या गर्ने योजना बनाएको खुलासा भएको छ । इजरायलको उक्त योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोकेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इजरायली अधिकारीहरुले खामेनीको हत्या गर्ने उपयुक्त मौका प्राप्त भएको भन्दै ट्रम्पसँग राय मागेका थिए ।
अमेरिका मिडिया सिएनएनले खामेनी हत्याका लागि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले राखेको प्रस्ताव ट्रम्पले अस्वीकार गरेका थिए ।
ट्रम्पले खामेनीको हत्या गर्ने योजनामा आफू सहमत हुन नसक्ने र त्यसले क्षेत्रीय द्वन्द्व समाधान थप जटिल हुने राय दिएका छन् ।
इजरायलले शुक्रबार इरानमाथि ड्रोन हमला गरेको थियो । त्यस यता दुवै मुलुकले एकअर्का लक्षित आक्रमण जारी राखेका छन् ।
इजरायली आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख कमान्डर हुसेन सलामी, सैनिक प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डका हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेहसहित करिब दुई दर्जन उच्च सैनिक अधिकारी मारिएका थिए ।
यस्तै आधा दर्जन बढी परमाणु वैज्ञानिकहरू समेत मारिएका छन् ।