केटी साथीको नांगो फोटो फेसबुकमा राखेर पैसा माग्ने पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ २२ गते १२:५९ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– केटी साथीको अश्लील फोटो बनाएर पैसा माग्ने युवक पक्राउ परेका छन् ।
काठमाण्डु कीर्तिपुर–१ का २२ वर्षीय पौडेललाई महानगरीय प्रहरी परिसर काठमाण्डुको अपराध महाशाखाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो ।

उनले आफ्नै कक्षामा पढ्ने महिला साथीको मोबाइलमा रहेको फोटो दुरुपयोग गरी अश्लील तस्वीर बनाएर फेसबुकमा राख्ने राख्ने धम्की दिएका थिए ।

पीडितका अनुसार पौडेलले पटकपटक इमेल गरी ६ हजार रुपैयाँ मागेका थिए । उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्धा दायर गरेर कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us