६४ किलो रक्तचन्दनसहित चिनियाँ पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ २२ गते १२:१६ मा प्रकाशित

रसुवा, २२ भदौ – सिन्धुपाल्चोकको तातोपानी नाका महिनादिनदेखि ठप्प भए पछि रसुवागढी नाकामा व्यापारिक चहलपहल बढेसँगै तस्करीको घटना पनि बाहिर आउन थालेको छ ।

rakta chandanरसुवागढी सीमा भन्सार कार्यालयले शनिबार नाकाबाट चीनतर्फ लैजान लागेको अबस्थामा रक्तचन्दन बरामद गरेको छ । नियमित चेक जाँच गर्ने क्रममा भन्सार नाकाबाट ६४ केजी रक्तचन्दन सहित दुई चिनियाँ नागरिक पक्राउ गरेको हो ।

रक्तचन्दनको साना टुक्राहरु बनाएर ओसारपसार गर्नेक्रममा चिनीयाँ नागरिकहरु टासी र ल्युटाङ रहेका छन् ।

रसुवाको स्याफ्रुवेशीबाट नम्बर प्लेट नभएको चिनिया गाडीले टिमुरेबाट रक्तचन्दन गाडीमा हालेर सिमा पार गर्न लागेको भन्ने विशेष सुराकीको आधारमा रसुवागढी भन्सार कार्यालयले पक्राउ गरि लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए । ओसरा पसारमा प्रयोग भएको सहित दुबै जना निकुञ्जको हिरासतमा रहेका छन् ।

पक्राउ परेका चिनिया नागरिकहरुलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारवाही प्रक्रिया अघि बढाइने अधिकृत ढकालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us