प्रेस युनियनको निर्वाचन आज

काठमाण्डु टुडे २०७१ भदौ २२ गते ६:४७ मा प्रकाशित

पोखरा, २२ भदौ– नेपाली काँग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनयिनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

युनियनको पोखरामा जारी आर्ठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो । पदाधिकारीसहित ७१ सदस्यीय केन्द्रीय समिति चयनका लागि निर्वाचन हुनेछ ।

अध्यक्षमा बद्री सिग्देल, भुवन भट्ट, जुनारबाबु बस्नेत र शिव लम्सालको उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्षमा दीपक आचार्य, प्रकाशचन्द्र परियार, सन्तोष न्यौपाने र इन्द्र रिजाल, महासचिवमा होम लम्साल, जयप्रकाश गुप्ता र अजयबाबु शिवाकोटीले उम्मेदवारी दिएका छन् । दुई खुला सचिवतर्फ नौ जनाको उम्मेदवारी परेको छ ।

सचिवमा सूर्यकुमार क्षेत्री, खिला कार्की, शिव देवाकोटा, कलेन्द्र सैजुवाल, डम्बर अधिकारी, सोमनाथ सुसेली, र छायाचन्द भण्डारीलगायतको उम्मेदवारी परेको छ । महाधिवेशनको पोखरा सभागृहमा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले शनिबार उदघाटन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us