संघीयतामा चित्रबहादुरको लिखित असहमति

काठमाण्डु टुडे २०७१ भदौ २१ गते १४:०६ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– राष्ट्रिय जनमोर्चाले मुलुक संघीयता  जान नहुने भन्दै संवैधानिक, राजनीतिक संंवाद तथा सहमति समितिमा लिखित रुपमा फरक मत दर्ता गराएको छ chitrabahadur
शनिबार बसेको सिमिति बैठकमा अध्यक्ष चित्रबहादुर केसीले लिखित रुपमा आफ्नो  फरक मत दर्ज गराएका हुन् । १८ बुँदे फरक मतमा केसीले नयाँ संविधानमा संघीयताको प्रावधान राख्न नहुनेमा जोड दिएका छन् ।

काठमाण्डु टुडेसँग कुरा गर्दै अध्यक्ष केसीले संघीयताले जातीय सदभाव खल्बल्याउने भएकाले फरक मत दर्ता गराएको बताए । ‘संघीयताले मुलुक टुक्र्याउँछ’, केसीले भने, ‘नेपालै नरहे हामी कोही रहन्नौं भनेर फरक मत दर्ता गराएका हौं ।’

उनले फरक मतमा आफूले प्रजात्रान्त्रिक विकेन्द्रीकरणसहितको एकतात्मक प्रणाली रहने गरी राज्य पुनःसरचना गर्नुपर्ने धारणा उल्लेख गरेको जनाए ।

उनका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, प्रधानन्यायधीश, प्रधानसेनापति वंशजका नागरिक हुनुपर्ने  संवैधानिक व्यवस्था गर्न पनि माग गरिएको छ ।
सम्वाद समितिमै यसअघि राप्रपा नेपालले धर्मनिपेक्षता, गणतन्त्र र धर्मनिरपेक्षताप्रति फरक मत दर्ता गराएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us