रेखा थापा र सुदर्शन गौतमबीच गहिरो प्रेम

काठमाण्डु टुडे २०७१ भदौ २१ गते १०:३६ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– चर्चित अभिनेत्री रेखा थापा प्रेममा परेकी छन् । रेखा आगामी दसैंबाट प्रदर्शनमा आउन लागेको चलचित्र हिम्मतवालीका rekha-sudarshanअभिनेतासमेत रहेका अपाङ्गता भएका सुदर्शन गौतमसँग गहिरो प्रेममा परेकी हुन् ।
छवि ओझासँगको वैवाहिक सम्बन्ध टुटेपछि रेखा एक्लै छिन् । विवाहित सुदर्शन क्यानडाका पीआरबाहक हुन् । उनकी श्रीमती बालबालिकासहति क्यानडामै छिन् । उनीहरुबीचको प्रेम सम्बन्धले नेपालको चलचित्र क्षेत्र तातेको छ । यो जोडी एकअर्का बिना एक दिन पनि बाच्न नस्क्ने अवस्थामा पुगेको उनीहरुसँग नजिक सम्बन्ध रहेका एक कलाकारले काठमाण्डु टुडेलाई बताए ।
रेखाले निर्माण गरेको हिम्मतवालीमा सुदर्शनको समेत लगानी रहेको बताइन्छ । सुदर्शन र रेखाकै सल्लाहमा हिम्मतवालीबाट निर्देशक श्याम rekha-thapa-and-sudarshan 2भट्टराईलाई आउट गरिएको थियो । त्यसपछि निर्देशनको जिम्मेवारी पनि रेखा स्वयंले सम्हालेकी थिइन् ।
रेखाले भने अपांग भएकाले सुदर्शनलाई माया गरेको बताइन् । काठमाण्डु टुडेसँकी केही समयअघि उनले भनेकी थिइन्, ‘म उनलाई रियल्ली माया गर्छु,  । हाम्रो समाजमा अपांगता भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्ने चलन छ ।

म यसलाई चिर्न चाहन्छु । त्यही भएर उनलाई प्रेम गरेकी हुँ ।’ सुदर्शनलाई प्रेम गरे पनि बिहेको सम्भावना भने कम रहेको उनले बताइन् । रेखा र सुदर्शन चलचित्र हिम्मतवालीको प्रचार–प्रसार गर्ने भन्दै केही यसअघि अमेरिका पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us