काठमाण्डू, ९ फागुन– पूर्व प्रधमनमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कुनै पनि पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको बताएका छन ।
आज (शुक्रबार)बाट ललितपरस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । अध्यक्ष नेपालले एकीकृत समाजवादीले हालसाललै कुनै पार्टीसँग पनि पार्टी एकता नगर्ने बताएका छन ।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ एकीकृत समाजवादीका बारेमा अनेकथरीका कुराहरू प्रचारमा आइरहेका छन् । कसैले एमालेसँग यो पार्टी मिल्न गयो भनेर कसैले माओवादीसँग मिल्न जाने भयो भनेर ।
अनेकथरीका कुप्रचारहरू भइरहेका छन्’ उनले भने, ‘यस्ता कुनै पनि कुप्रचारहरूको भ्रममा पर्नुपर्ने आवश्यकता छैन ।’नेपालले एकीकृत समाजवादी पार्टीलाई नै बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने बताए ।
‘हामी आफ्नो पार्टीलाई बलियो बनाउन चाहन्छौं । सशक्त र प्रभावकारी बनाउन चाहन्छौं’ उनले भने, ‘यसमा कुनै प्रकारका अन्यौल र द्विविधा राख्नुपर्ने आवश्यकता छैन ।’