सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते

काठमाण्डु टुडे २०८१ फागुन ९ गते १२:५८ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– सिन्धुलीमा कारले मोटरसाइकलाई ठक्कर दिँदा २ जना घाइते भएका छन ।

घाइते हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका ५ बस्ने ३० वर्षीय सूर्यप्रसाद आचार्य र जितपुरसिमरा उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय लोकनाथ वाग्ले रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।

घाइते आचार्यको अवस्था भने गम्भीर छ । उनीहरु दुवैको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको ले जानकारी दिए ।

काठमाण्डूबाट विराटनगर जाँदै गरेको बीएसी १९७९ नम्बरको कारले कारको ठक्करबाट बर्दिबासबाट काठमाण्डू जाँदै गरेको ना ३० प ८३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको उनले जानकारी दिए ।

साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us