काठमाण्डूमा किशोरीमाथि जबरजस्ती करणी

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १८:४६ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– प्रहरीले काठमाण्डूबाट १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

काठमाण्डूको कीर्तिपुर नगरपालिका९३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका–२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बोहराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us