काठमाण्डू, ७ फागुन– प्रहरीले काठमाण्डूको कीर्तिपुरमा १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–२ घर भइ कीर्तिपुर नगरपालिका–३ पाँगादोबाटो बस्ने २५ वर्षीय सुयोग बोहोरा रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाएको पनि प्रहरीले जानकारी दिएको छ ।