०८४ को निर्वाचन सम्झेर पार्टीलाई सशक्त बनाऔंः कोइराला

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १६:३८ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– कांग्रेस नेता डा. शशांक कोइरालाले ०८४ को निर्वाचनलाई मध्यनजर गरेर पार्टीलाई सशक्त बनाउनुपर्ने बताएका छन ।

आज (बुधबार) पार्टी केन्द्रीय कार्यालयमा भएको प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले यस्तो बताएका हुन । रहेका कोइरालाले अब सबैको ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने पनि बताएका छन ।

उनले भने, ‘नेपाली कांग्रेसलाई सशक्त बनाउन प्रजातन्त्र सेनानी संघको पनि महत्वपूर्ण भूमिका छ । २०८४ मा निर्वाचन आउँदैछ । त्यसलाई मध्यनजर गरेर यो संगठनले नेपाली कांग्रेसलाई टिवा दिन्छ भन्ने विश्वास व्यक्त गर्छु ।’

उनले बीपी कोइरालाले देखेका सपना साकार पार्ने जिम्मेवारी अबको नेतृत्वको काँधमा आउने भन्दै पार्टीका कर्णधारहरूले त्यसको जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने पनि बताएका छन ।

नेपाली कांग्रेसको भ्रातृ संस्था पैजातन्त्र सेनानी संघको महाधिवेशन २५ वर्षपछि हुन सकेको थिएन । १० फागुनसम्म चलने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

प्रजातन्त्र सेनानी संघको पहिलो महाधिवेशन २०५३ मा भएको थियो । २०५६ मा दोस्रो महाधिवेशन हुनुपर्नेमा त्यसयता तदर्थ समितिबाट चल्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us