संसद् सुरु भएकै दिन अध्यादेश पेस गरिने

काठमाण्डु टुडे २०८१ माघ १४ गते १४:०१ मा प्रकाशित

काठमाण्डू, १४ माघ– संघीय संसद् सचिवालयले आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार परेको छ । १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेन्डर तयार गरेको सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।

क्यालेन्डर निर्माणको तयारीका लागि सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल पनि गरेका थिए । संसद्को पहिलो दिन सुरुमा प्रधानमन्त्री लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्‌मा पेस हुनेछन् । त्यसपछि अर्को बैठक २२ गते बस्नेछ ।

सो दिनको बैठकमा पहिलो दिन पेश भएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । माघ २३ र २४ गते पनि संसद् बैठक तय भएको छ । २५, २६ र २७ गते भने विभिन्न समितिको बैठक राखिएको छ । त्यसपछि माघ २८, २९ र ३० संसद् बैठक बस्ने उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us