रविप्रति एमाले नेता बस्नेतको कटाक्षः धरौटीको जोर जुलुम गर्न अर्को सहकारी ठग्नुपर्ने स्थिति पो देखियो त मित्र !

काठमाण्डु टुडे २०८१ माघ १४ गते १२:५४ मा प्रकाशित

काठमाण्डू, १४ माघ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका छन्। एमाले नेता बस्नेतले हिजो (आइतबार) सामाजक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै अब धरौटीको जोर जुलुम गर्न पनि अर्को सहकारी ठग्नुपर्ने स्थिति देखियो भन्दै रविमाथि कटाक्ष गरेका हुन् ।

उनले आदेश दिने न्यायाधीशहरूले देखाएको सहानुभूतिल‍ाई धन्यवाद समेत दिएका छन । नेता बस्नेतले लेखेका छन, ‘बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएछ। धन्यवाद छ श्रीमान् न्यायाधीश ज्यूहरू अचम्मको सदासयता देखाउनु भएको छ। अब त धरौटीको जोर जुलुम गर्न पनि अर्को सहकारी ठग्नुपर्ने स्थिति पो देखियो त मित्रलाई !’

हिजो बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छोड्न आदेश दिएको थियो । त्यस लगत्तै एमाले नेता बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन । पछिल्लो समय एमाले नेता बस्ने र रास्वपा नेताहरु बीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलिरहेको छ । शनिबार मात्रै रास्वपा नेतृ ज्वाला संग्रोलाले एमाले नेता बस्नेतको कडा कटाक्ष गरेकी थिइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us