काठमाण्डू, १३ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पार्टी सभापति रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कारको आरोप लागेको एक जना व्यक्तिलाई उन्मुक्ति दिएको खुलासा गरेकी छन ।
हिजो शनिबार काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपा सभापत रवि लामिछानेलक्षित अभिव्यक्ति दिएका थिए ।
बस्नेतलाई लक्षित गर्दै ज्वालाले शनिबार साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत एमाले नेता बस्नेतलाई जवाफ पर्काएकी हुन । संग्रौलाले सुरुमा लेखेको स्टाटसमा, ‘रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको, भन्ने वाक्यांश समावेश गरेकी थिइन्, तर केही समयमै उनले त्यो वाक्य हटाएर अर्को भिन्न सन्देश राखिन् ।
उनको नयाँ स्टाटसमा भनिएको छ, एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी ।’ पूर्व मन्त्रीसमेत रहेका एमाले नेता बस्नेतमाथि एमालेकै पूर्व नेतृले बलात्कारको आरोप लगाउँदै आएकी छन् ।