रविको मुद्दामा थुनछेक सकियो, जवाफी बहस जारी

काठमाण्डु टुडे २०८१ माघ १३ गते १६:०१ मा प्रकाशित

काठमाण्डू, १३ माघ– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत रुपन्देहीमा गत बुधबारबाट जारी थुनछेक बहस सकिएसँगै अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका छन् ।

त्यसपछि जाहेरवालाका वकिलहरूले जवाफी बहस गर्नेछन् । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले जवाफी बहस सकिएसागै थुनछेक आदेश गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us