कांग्रेस संसदीय दलको बैठक जारी

काठमाण्डु टुडे २०८१ माघ १३ गते १५:४८ मा प्रकाशित

काठमाण्डू, १३ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेस संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुने कांग्रेसका एक सांसदले जानकारी दिएका छन ।

यस्तै संसदीय दलको बैठक दुई दिन चल्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले जानकारी दिएका छन ।

आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us