अध्यादेशको कदम अन्तिम होइनः अर्थमन्त्री

काठमाण्डु टुडे २०८१ माघ १३ गते १४:१८ मा प्रकाशित

काठमाण्डू, १३ माघ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जीडीपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको दाबी गरेका छन ।

आज (आइतबार) विश्व भन्सार दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै सरकारले आफ्नो अभिभारा पूरा गर्ने पनि बताएका छन ।

उनले भने, ‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति, उत्पादन, उत्पादकत्व वृद्धि गर्नका निम्ति, जीडीपी वृद्धि गर्नका निम्ति हामीले चालेको यो ९अध्यादेश० अन्तिम कदम होइन । सरकारले चालेको यो अन्तिम कदम होइन । यो एउटा कदम हो । अध्यादेशका माध्यमबाट कानुन संशोधनको क्षेत्रमा यो कदमहरू चाल्यौँ ।

यस्ता कदमहरु हामी अनेक पटक चालिरहन्छौँ ।’ निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरूलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताएका छन ।निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us